कास्कीको खोरामुखमा फुटबल प्रतियोगिता हुने

पाेखरा | बैशाख १७, २०८०

कास्कीको खोरामुखमा फुटबल प्रतियोगिता हुने

पोखरा:   खोरामुख फुटबल स्पोर्टस् ब्रदर्शले कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ मा खोरामुखमा सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

 

खोरामुख फुटबल स्पोर्टस् ब्रदर्शले आगामी वैशाख २२ र २३ गते माछापुच्छ्रे गाउँपालिका अन्तर क्लबस्तरीय सेभेन ए साइड पुरुष फुटबल प्रतियोगिता आयोजना गरेको खेलकुद संयोजक पारसमान गुरुङले जानकारी दिए । 

 

उनका अनुसार माछापुच्छ्रे गाउँपालिका–६ भिडाबारीको बराह माविको खेल मैदानमा दुई दिन प्रतियोगिता सञ्चालन हुनेछ । 

 

सो प्रतियोगिताको विजेता टिमले ३० हजार, उपविजेता टिमले १५ हजार र सान्त्वना स्थान हाँसिल गर्ने समूहले ८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

 

यस्तै प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिल्डफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकलाई आकर्षक पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्